Kathmandu Press

सपथलगत्तै जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे ऊर्जामन्त्री घिसिङ 

घिसिङले राष्ट्रपतिसँग शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि घाइते भेट्न अस्पताल पुगेका थिए। 
सपथलगत्तै जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे ऊर्जामन्त्री घिसिङ 

काठमाडौं, भदौ ३० : ऊर्जामन्त्री कुलमान घिसिङले सपथ ग्रहणपछि जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका छन्।

मन्त्री घिसिङले पदभार ग्रहण गर्नुअघि घाइते भेट्न टिचिङ अस्पताल पुगेका हुन्।

घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी आइतबार राति मन्त्रीमा नियुक्त भएका थिए। 

घिसिङले राष्ट्रपतिसँग शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि घाइते भेट्न अस्पताल पुगेका थिए। 

प्रकाशित मिति: १४:२० बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्