गृहमन्त्री अर्यालको पहिलाे निर्णय- जेनजी आन्दोलन शहीदकाे सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने
गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेसँगै जेनजी आन्दोलनका क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्।
काठमाडौं, भदौ ३० : गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेसँगै जेनजी आन्दोलनका क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्।
उक्त निर्णयलाई मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। कहिले शोक दिवस मनाउने भन्ने निर्णय भने मन्त्रिपरिषद्ले तय गर्ने छ।
गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन्।
प्रकाशित मिति: १४:०० बजे, सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
