Kathmandu Press

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

आइतबार राति मन्त्री बन्ने टुंगो लागेका रामेशवर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले सोमबार बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजिक एक समारोहबीच पद तथा गोपनियताको शपथ लिएका हुन्।
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, भदौ ३० : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तीन मन्त्रीले शपथ लिएका छन्। 

आइतबार राति मन्त्री बन्ने टुंगो लागेका रामेशवर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले सोमबार बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजिक एक समारोहबीच पद तथा गोपनियताको शपथ लिएका हुन्।

अन्तरिम सरकारमा रामेश्वर खनालले अर्थ, कुमान घिसिङ उर्जा र ओमप्रकाश अर्यालले गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

प्रधानमन्त्री बनेको तीन दिनपछि कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।

खनाल र घिसिङको नियुक्तिलाई लिएर कुनै विवाद नभएपनि अर्याललको नियुक्तिमा विवाद आएको छ। जेनजीहरुले नै आर्यलको नियुक्तिलाई लिएर विरोध गरेका छन्।

आन्दोलनपछि राष्ट्रपति र सेनाप्रमुखसँगको वार्तामा जेनजीको सल्लाहकारका रुपमा रहेका अर्यालको नाम मन्त्रीमा आएपछि जेनजीहरूले आइतबार राति नै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए। लाशमाथि प्रधानमन्त्री कार्कीले राजीनित गरेको भन्दै नाराबाजी गरेका थिए। त्यहाँ जेनजीका नेताका रुपमा अगाडि आएका सुदन गुरुङ पनि देखिएका थिए।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, भदौ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्