Kathmandu Press

महान्यायाधिवक्तामा भण्डारी सिफारिस 

प्रधानमन्त्री कार्कीले बराललाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्। आजै महान्यायाधिवक्ताबाट रमेश बडालले राजिनामा दिएका थिए। 
महान्यायाधिवक्तामा भण्डारी सिफारिस 

काठमाडौं, भदौ २९ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बराललाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन्। आजै महान्यायाधिवक्ताबाट रमेश बडालले राजिनामा दिएका थिए। 

अग्रज वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीकी छोरी रहेकी बराल नेपालको इतिहासमै पहिलो महान्यायाधिवक्ता बनेकी छन्। उनी नेपाल बारकी पूर्व कोषाध्यक्ष तथा राष्ट्रिय सूचना आयोगको पहिलो सूचना आयुक्त समेत हुन्। 

वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी भण्डारीले ३५ बर्ष भन्दा बढी कानुनव्यवसायीका रुपमा सेवा गरेक छन्। 

प्रकाशित मिति: १९:३२ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्