Kathmandu Press

प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक

बैठकमा गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ। 
प्रधानमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं, भदौ २९ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघि बैठक सकिएको हो। 

बैठकमा गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ। 

केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री कार्कीले सुरक्षाको पछिल्लो अवस्थाबारे जानकारी लिएकी थिइन्। 

बैठकमा कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि निर्देशन समेत दिएको बताइएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीले आजै सिंहदरबार गएर पदभार ग्रहण गरेकी थिइन । 

प्रकाशित मिति: १९:१९ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्