Kathmandu Press

भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : विजयप्रसाद मिश्र

‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रवन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले भने, ‘त्यसपछि मात्र काम गर्ने कुरा आउँछ। अहिलेको भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन।’
भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : विजयप्रसाद मिश्र

काठमाडौं, भदौ २९ : नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष प्राडा विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असंभवजस्तै रहेको बताएका छन्। 

उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरण विना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे।

Hardik ivf

‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रवन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले भने, ‘त्यसपछि मात्र काम गर्ने कुरा आउँछ। अहिलेको भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन।’

उनले बार एसोसिएसनको अवस्था पनि समान रहेको भन्दै हाल न्यायिक प्रक्रिया लगभग अवरुद्ध भएको बताए। ‘कामकारवाही अवरुद्ध छ, सेवा प्रवाह असम्भवजस्तै छ,’ उनले भने।

घटनाको अनुसन्धान आवश्यक रहेको बताउँदै मिश्रले जेनजीको सुरुवातमा सुशासन र भ्रष्टाचारविरोधी नारामा उठान गरिए पनि पछिल्लो घटनाक्रमले शंका उब्जाएको बताए। 

हाल सेवाग्राहीलाई आफ्नो उपस्थितिमा नाम टिपाउने, म्याद गुज्रिएको छैन भन्ने सुनिश्चित गर्दै अदालत जाने व्यवस्था मिलाइएको छ। स्थिति सहज भएपछि थुनुवा, महिला तथा राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकतामा राखी अदालतमा लैजाने तयारी भइरहेको मिश्रको भनाइ  ।

उनका अनुसार अदालतबाट पुराना मिसिलहरू पक्ष–विपक्षसँग संकलन गर्ने प्रक्रिया सुरु भएको छ । बार बिल्डिङ पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्ने जानकारी लिन आफूहरू स्थलगत अवलोकनमा आएको पनि उनले जानकारी दिए।

‘जेनजीहरुको सुरुमा शुसासन र भ्रष्टाचारविरोधी भन्ने मात्रै थियो। अब यसमा छानविन गर्नुपर्ने अवस्था छ। सेवा ग्राहीले  अहिले आफ्नो उपस्थितीमा नाम टिपाउने हो। आफ्नो तारिक म्याद गुज्रिएको छ की छैन अदालतबाट निष्ठा लिएर जाने हो,’ उनले भने, ‘त्यसपछि स्थिति सहज बनेपछि थुनुवाको मुद्दा, महिलाको मुद्दा, राष्ट्रिय सरोकारका मुद्दाहरुमा अदालत जाने भन्ने हाम्रो सुझाव रहेको छ। अदालतबाट पुराना मिसिलहरु पक्ष विपक्षसँग संकलन गर्नेे। हामी पनि केही काम सघाउनका लागि बार बिल्डिङको कसरी पुनर्निर्माण हुन्छ भन्ने कुरा हेर्न आएका हौं।’ 

प्रकाशित मिति: १८:५० बजे, आइतबार, भदौ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्