बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चमा तत्कालका लागि सबै सेवा बन्द
सर्वोच्चले गत भदौ २६ गते जारी भएको सूचना वमोजिम अदालत नियमित रुपमा संचालन भएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख थाम्न सकिने व्यहोरा समेत स्पष्ट पारेको छ।
काठमाडौं, भदौ २९ : सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक तत्कालका लागि सबै सेवा बन्द रहने जानकारी दिएको छ।
सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलले जेन–जी आन्दोलनकोक्रममा गत भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोड, आगजनी र लुटपाटपछि कामकारबाही अवरुद्ध भएको भन्दै सूचना जारी गरेका हुन्।
सर्वोच्चले गत भदौ २६ गते जारी भएको सूचना वमोजिम अदालत नियमित रुपमा संचालन भएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख थाम्न सकिने व्यहोरा समेत स्पष्ट पारेको छ।
सर्वोच्चले वन्दीप्रत्यक्षकरण र अत्यावस्यक बाहेकका अन्य सेवाको हकमा सर्वोच्चबाट नियमित रुपमा सेवा सञ्चालन गर्न अर्को सूचना जारी भएपछि मात्र तोकिएको म्यादमा उपस्थित हुन मुद्दाका पक्षलगायत सबैमा आग्रह समेत गरेको छ।
यद्यपि, सर्वोच्चले आइतबारदेखि नै वन्दीप्रत्यक्षकरण रिट र अत्यावस्यक रिट निवेदन दर्ता शुरु गरेको छ ।