Kathmandu Press

सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन तनावग्रस्त 

रिपोर्टर्सक क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो अवस्था आएको हो। गुरुङले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिएपछि पत्रकारले  जिज्ञासा राख्नेक्रममा उनी उत्तेजित भएका थिए। 
सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन तनावग्रस्त 

काठमाडौं, २९ भदौ : जेनजी समूहको ‘लिडर’ बताउँदै आएका सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा धकेलाधकेल भएको छ। 

रिपोर्टर्सक क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो अवस्था आएको हो। गुरुङले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिएपछि पत्रकारले  जिज्ञासा राख्नेक्रममा उनी उत्तेजित भएका थिए। 

Hardik ivf

गुरुङले पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि होहल्ला र धकेलाधकेलको अवस्था आएको हो । पत्रकार सम्मेलनमा ७० वर्षको ‘बा’लाई हटाएर ७३ वर्षको ‘आमा’ लाई ल्याउँदा कसरी परिवर्तन भयो? भन्ने पत्रकारक प्रश्नमा गुरुङ आक्रोषित हुँदै पत्रकारलाई हप्कीदप्की गरेका थिए। 

धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू उल्टै गुरुङमाथि खनिएका थिए । त्यसपछि पत्रकारहरूले थर्काएको? भन्दै उनलाई पत्रकारले घेरेका थिए। 

त्यसपछि दुवै पक्षबीच धकेलाधकेल र होहल्ला हुँदा पत्रकार सम्मेलन नै तनावग्रस्त बन्न पुगेको छ। अहिले रिपोर्टस् क्लवमा प्रहरी पुगेको छ। 

गुरुङलाई प्रहरीले सुरक्षा दिएर एउटा कोठामा राखेको छ। 

प्रकाशित मिति: १८:०१ बजे, आइतबार, भदौ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्