Kathmandu Press

३ हजार ७ सय कैदीबन्दी पक्राउ, १० हजार अझै फरार

अझै दश हजार तीन सय २० कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ। फरार रहेकामध्ये कतिपय भारततर्फ भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेको छ। 
३ हजार ७ सय कैदीबन्दी पक्राउ, १० हजार अझै फरार

काठमाडौं, भदौ २९ : जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीवन्दीमध्ये तीन हजार सात सय २३ कैदीबन्दी पक्राउ परेका छन्। 

अझै दश हजार तीन सय २० कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ। फरार रहेकामध्ये कतिपय भारततर्फ भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेको छ। 

केहीलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेको छ भने कतिपय आफैँ फिर्ता भएर कारागार आएका छन्। फरार रहेका मध्ये दुई हजार एक सय पुर्पक्षका लागि थुनामा गएका रहेका छन्। 

प्रहरीले कैदीबन्दीको खोजी अभियान जारी राखेको जनाएका छ। जेनजी आन्दोलनकाक्रममा कैदीबन्दीहरू गत भदौ २४ गते जेलबाट भागेका थिए। 

भागेकामध्ये रास्वपा सभापति रवि लामिछाने पनि आफैं नख्खु कारागार फर्किसकेका छन्। 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्