Kathmandu Press

पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गरिरहेको भन्दै सुमनाले छाडिन रास्वाप

‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाँडे,’ उनले भनेकी छिन्।
पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गरिरहेको भन्दै सुमनाले छाडिन रास्वाप

काठमाडौं, भदौ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।

पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको भन्दै पूर्वशिक्षामन्त्री समेत रहेकी सुमनाले रास्वाप छाडेकी हुन्।

उनले मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला भन्दै पार्टी नेतृत्वप्रति आक्रोश पनि पोखेकी छिन्। 

पार्टीीभत्रैबाट आफूमाथि आक्रमण भइरहेको तर्फ पनि उनले संकेत गरेकी छिन्। ‘अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाँडे,’ उनले भनेकी छिन्।

पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने गरिएको भन्दै उनले रास्वपामा सबैभन्दा माथि नेतालाई राख्ने गरिएको बताएकी छिन्। 

‘कहिलै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने  पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने, जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ,’ उनले भनेकी छिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो  यो स्वीकार्य छैन।’

सुमनाले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्न आग्रह गर्दै आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्न आग्रह गरेकी छिन्। 

प्रकाशित मिति: १२:५६ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्