नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीले घोषणा
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन्।
काठमाडौं, भदौ २९ : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन्।
‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु। म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न। अब आजबाट म अलग अभियानमा छु। मसँगै मेरो आन्दोलनको भावना बुझ्ने साथिहरुले हातेमालो गर्नुहुन्छ भन्ने आशा राखेको छु,’ उनले भने, ‘म राजनीतिक व्यक्ति हाे, म यत्तिकै बस्न सक्दिनँ, आजैदेखि म पार्टी निर्माणमा लाग्ने छु।’
उनले रन्जितासँग आफ्नो कुनै दुस्मनी नभएको बताउँदै दुस्मनी देशका राष्ट्रिय फटाहाहरुसँग रहेको बताए।
प्रकाशित मिति: ११:५४ बजे, आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1760269022.jpg)











