Kathmandu Press

मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता

जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् ।
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरु फिर्ता
Hardik ivf

जनकपुर, भदौं २९ : मधेश प्रदेश सरकारबाट जनमता पार्टी बाहिरिएको छ । जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरु फिर्ता बोलाएको जानकारी गराएका छन् ।

जेनजी आन्दोलनका दिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो फेसबुक पेज मार्फत मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका थिए । तर हिजो फेरि केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले परिस्थितीलाई मध्येनजर गर्दै माहोल शान्त बनाउन मात्र आफूले राजिनामा दिएको घोषणा गरेको भन्ने प्रतिक्रिया दिएको सामाचारहरु आएको थियो । 

मधेश प्रदेश प्रमुख कार्यालयका एक जना कर्मचारीका अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहको कुनै राजिनामा सम्बन्धि पत्र प्रदेश प्रमुख कार्यालयमा आएको थिएन । संसदीय दलका नेता महेश यादवले हिजो प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्ता लिएको सुचना दिएसंगै मधेश प्रदेश सरकार ढलेको छ ।
 

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, भदौ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्