Kathmandu Press

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने 

जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो।
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने 
Hardik ivf

काठमाडौं, भदौं २९ : काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ।

जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो। अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ । 

महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्नु भनेको छ। यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न महानगरले आग्रह गरेको छ। 
 

प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, भदौ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्