Kathmandu Press

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
Hardik ivf

काठमाडौँ, भदौं २९ : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । 

प्रधानमन्त्री कार्कीले आज बिहान ११ बजे सिंहदरबार पदभार ग्रहण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की  आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।  
 

प्रकाशित मिति: ०७:३८ बजे, आइतबार, भदौ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्