Kathmandu Press

घोषित निर्वाचन सम्पन्न गराउन सहयोग राष्ट्रपतिको अपिल

‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु,’ उनले भनेका छन्।
घोषित निर्वाचन सम्पन्न गराउन सहयोग राष्ट्रपतिको अपिल

काठमाडौं, भदौ २८ : घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न राष्ट्रपति रामचन्द्र पौडेलले अपिल गरेका छन्। 

शनिबार एक वक्तव्य जारी गर्दै उनले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएकाले घोषित निर्वाचत सम्पन्न गराउन साहयोग गर्न अपिल गरेका हुन्। 

राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन्।

‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपील गर्दछु,’ उनले भनेका छन्।

६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर उनले उल्लेख गरेका छन्।

शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र चुनाव गराउने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेका छन्।

राष्ट्रपति पौडेलले परिस्थितिअनुरुप शान्तिपूर्ण निकास निस्किएको अवस्थामा प्रतिनिधि सभा विघटनको निर्णय स्वीकारेर निर्वाचन गराउन सबैलाई सहयोग गर्न अपील गरेका छन्।

प्रकाशित मिति: १९:५६ बजे, शनिबार, भदौ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्