Kathmandu Press

निवर्तमान मन्त्रीहरुलाई सेनाले छाड्न थाल्यो

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।
निवर्तमान मन्त्रीहरुलाई सेनाले छाड्न थाल्यो

काठमाडौं, भदौ २८ : नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालिएको छ। 

जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो। त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले आज छोडेको छ।

सुरक्षाका लागि भनेर सेनाले नियन्त्रणमा लिएकाहरुको मोबाइल चलाउन रोक लगाएको थियो। तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो।
 
प्रकाशित मिति: १९:४५ बजे, शनिबार, भदौ २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्