Kathmandu Press

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विघटन फिर्ता गर्न ८ दलको माग

‘प्रतिनिधिसभा विघटनजस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विघटन फिर्ता गर्न ८ दलको माग

काठमाडौं, भदौ २८ : नयाँ अन्तरिम सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनलाई विघठित प्रतिनिधिसभामा रहेका ८ राजनीतिक दलहरूले असंवैधानिक कमदम भनेका छन्। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन्।

Hardik ivf

‘प्रतिनिधिसभा विघटनजस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

शनिबार संयक्त विज्ञप्ति जारी गर्दै ८ राजीतिक दलहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै त्यसको पुनःस्थापनाएको माग गरेका छन्। 

‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:१५ बजे, शनिबार, भदौ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्