मुलुकको प्रधानमन्त्री नियुक्त हुँदापनि सुनसान छ कार्की निवास
विराटनगरको शंखपुरमा जन्मिए पनि टोखा नगरपालिका धापासीमा बस्दै आएकी कार्कीलाई जेनजी पुस्ताको आन्दोलनपछि केपी ओली सरकार विस्थापित गरेर अन्तरिम सरकारको नेतृत्वमा ल्याइएको हो।-(30)-1757758006.jpg)
काठमाडौं, भदौ २८ : नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको धापासीस्थित निजी निवास क्षेत्र सुनसानप्राय छ। प्रधानमन्त्रीका रुपमा शपथ खाएको भोलिपल्ट निवास क्षेत्रमा कुनै चहलपहल छैन्।
सुरक्षाकर्मीको उपस्थिति भएपनि सर्वसाधारण उत्साह र खुशीयाली मनाउन जम्मा भएका छैनन्। निरन्तरको कफ्र्यू र निषेधाज्ञाका कारण मानिसहरु घर बाहिर निर्धक्क निस्कन सकेका छैनन्।
विराटनगरको शंखपुरमा जन्मिए पनि टोखा नगरपालिका धापासीमा बस्दै आएकी कार्कीलाई जेनजी पुस्ताको आन्दोलनपछि केपी ओली सरकार विस्थापित गरेर अन्तरिम सरकारको नेतृत्वमा ल्याइएको हो।
मुलुकको प्रधानमन्त्री बनेपछि निजी निवास क्षेत्र र जन्म गाउँमा खुशीयाली मनाउने चलन छ। तर कार्की निवासमा चहलपहल छैन।
काठमाडौं उपत्यकामा कफ्र्यू तथा निषेधाज्ञा हटाइए पनि प्रधानमन्त्री निवास क्षेत्रमा भने सुरक्षा व्यवस्थालाई लक्षित गरी सुरक्षाकर्मी तैनाथ गरिएको छ।
नवनियुक्त कार्की नेपालको ४२ औं प्रधानमन्त्री हुन् भने पहिलो महिला प्रधानमन्त्री हुन्। उनी नेपालको संविधानबमोजिम राष्ट्रपतिले अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
-(33)-1757758007.jpg)
-1760269022.jpg)











