Kathmandu Press

कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव

प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन्।
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
फाइल तस्बिर।

काठमाडौं, भदौ २८ : प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन्।

शनिबार सामाजिक सन्जाल फेसबुकमार्फत उनले एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

Hardik ivf

साथै नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समूदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

‘मुलुकको विषम् परिस्थिमा आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपतीद्वारा प्रधानमन्त्री नियुक्त हुनु भाएकोमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिन चाहन्छु। सङघीयता, लोकतन्त्र, गणतन्त्र लगायत उप्लब्धिहरुको रक्षाका साथै संविधान र संविधानवादको सिद्धान्त र विधीको शासन स्थापित गर्न यहाँको अत्यन्त महत्वपूर्ण जिम्मेवरी रहेको छ,’ उनले भनेका छन्, ‘आर्थिक, सामाजिक र राजनीतिक रुपमा बहिष्करणमा पारिएका वा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउन सक्नेछ भन्ने आशा गर्दछु। मुलुकमा कायम रहेको अराजकता, भ्रष्टाचार र अव्यवस्था जस्ता बिकृतीलाई अन्त्य गरी सुशासन कायम गर्न एवम निर्धारित समयमा निर्वाचन गराउने कार्यमा सदैव सहयोग, समर्थन र साथ रहने नै छ’, उनले भने।

प्रकाशित मिति: १५:२० बजे, शनिबार, भदौ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्