Kathmandu Press

प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेका हुन्।
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

काठमाडौं, भदौ २८ : प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेका हुन्।

जेनजीको सिफारिसमा राष्ट्रपति पौडेलले आजै सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रमुख नियुक्त गरेका थिए। संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

अन्तरिम सरकारलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट दिइएको छ।

प्रकाशित मिति: ००:३४ बजे, शनिबार, भदौ २८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्