Kathmandu Press

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

शुक्रबार राति शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ लिएकी हुन्।
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
फाइल तस्बिर।

काठमाडौं, भदौ २७ : अन्तरिम सरकारकी नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन्। 

शुक्रबार राति शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ लिएकी हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए।

लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति: २१:५६ बजे, शुक्रबार, भदौ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्