Kathmandu Press

राष्ट्रपतिले गरे संसद विघटन

शुक्रबार साँझा जेनजी प्रतिनिधि, राष्ट्रपति पौडेल र सुशीला कार्कीबीच भएको सहमति अनुसार उनले संसद विघटन र अन्तरिम सरकारको प्रमुख नियुक्ती एउटै पत्रमार्फत गरेका हुन्।
राष्ट्रपतिले गरे संसद विघटन

काठमाडौं, भदौ २७ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्। 

शुक्रबार साँझा जेनजी प्रतिनिधि, राष्ट्रपति पौडेल र सुशीला कार्कीबीच भएको सहमति अनुसार उनले संसद विघटन र अन्तरिम सरकारको प्रमुख नियुक्ती एउटै पत्रमार्फत गरेका हुन्।

Hardik ivf

अन्तरिम सरकारको प्रमुखका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शपथ गराउनुअघि उनले संसद् विघटन गरेका हुन्।

राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार सरकार प्रमुखमा नियक्त गरेका छन्। अहिले शितल निवासमा शपथ ग्रहणको तयारी भइरहेको छ।

प्रकाशित मिति: २१:३१ बजे, शुक्रबार, भदौ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्