अन्तरिम सरकारको जिम्मा सुशीला कार्कीलाई, शपथ आजै
शुक्रबार सँझा शितल निवासमा भएको जेनजी समूहका प्रतिनिधिहरु, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरूको वार्तामा यस्तो सहमति जुटेको हो।
काठमाडौं, भदौ २७ : पूर्वप्रधानन्यायाधीश सुशीलालाई कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति भएको छ।
लामो सस्साकस्सीपछि कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो।
शुक्रबार सँझा शितल निवासमा भएको जेनजी समूहका प्रतिनिधिहरु, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानुनविद्हरूको वार्तामा यस्तो सहमति जुटेको हो।
सहमतिसँगै सरकार प्रमुख कार्कीले आजै ८ः४५ मा शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ लिने बताइएको छ।
त्यसपछि कार्कीले आजै सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवन पुगेर कार्यरभार सम्हाल्ने बताइएको छ। कार्यभार सम्हालेलगत्तै शितल निवासमै मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने र लगत्तै राष्ट्रपति पौडेलले त्यसलाई स्वीकृत गर्ने सहमति भएको छ।
प्रकाशित मिति: २०:१४ बजे, शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1760269022.jpg)











