Kathmandu Press

धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा चारवटा शव फेला 

धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव जलेको अवस्थामा भेटिएको हो। शव पूर्ण रुपमा नचिन्ने अवस्थामा रहेका कारण सनाखत हुन सकेको छैन। 
धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा चारवटा शव फेला 

धरान, भदौ २७ : धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा चारवटा शव फेला परेको छ।

धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव जलेको अवस्थामा भेटिएको हो। शव पूर्ण रुपमा नचिन्ने अवस्थामा रहेका कारण सनाखत हुन सकेको छैन। 

Hardik ivf

भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र आगो लगाइएको थियो। आगजनीमा सुपरमार्केटभित्रै फसेका व्यक्तिको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । सुपरमार्केटको चौथो तलामा तीनजनाको शव र दोस्रो तलामा एउटा शव जलेको अवस्थामा फेला परेको छ। 

पूर्ण रुपमा जलेको अवस्था रहेका कारण शवहरूको डीएनए परीक्षणबाट मात्र पहिचान हुने प्रहरीले जनाएको छ। चारवटै शवको मुचुल्का उठाएर प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ। 

भदौ २४ गते बेलुका करिब ७ बजे एउटा समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडेर आगो लगाएका थिए । 

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, भदौ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्