Kathmandu Press

संसद विघटन सिफारिस कस्ले गर्ने भन्ने गाँठो नफुक्दा अन्तरिम सरकार गठनमा विलम्व 

राष्ट्रपति पौडेलले पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न भने तयार भइसकेका छन् । तर संसद विघटनको सिफारिस कस्ले गर्ने भन्ने बिषयमा अहिलेसम्म कुरा मिल्न सकेको छैन। 
संसद विघटन सिफारिस कस्ले गर्ने भन्ने गाँठो नफुक्दा अन्तरिम सरकार गठनमा विलम्व 

काठमाडौं, २५ भदौ : राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच संसद भंगको सिफारिसबारे मत नमिल्दा प्रधानमन्त्री नियुक्तिमा विलम्ब भएको छ।

राष्ट्रपति पौडेलले पूर्वप्रधान न्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न भने तयार भइसकेका छन् । तर संसद विघटनको सिफारिस कस्ले गर्ने भन्ने बिषयमा अहिलेसम्म कुरा मिल्न सकेको छैन। 

Hardik ivf

राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री भएपछि पहिलो बैठकबाटै संसद विघटन र निर्वाचन मिति तोकेर निर्णय गर्न सुझाए पनि कार्कीले भने पहिल्यै विघटन हनुपर्ने अडान लिएकी छन् । कार्की निर्वाचित भएर संसदमा नआए पनि आवस्यकताको सिद्धान्तका आधारमा बाधा फुकाएर प्रधानमन्त्री नियुक्त गर्ने कुरामा राष्ट्रपति सहमत भएको स्रोतले जनाएको छ। 

कार्कीले भने पहिले संसद विघटन गरिनुपर्ने अडान राखिरहेका कारण गाँठो नफुकेको बताइएको छ। संविधानविद्ले पनि राष्ट्रपति पौडेललाई वर्तमान संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा मात्र राष्ट्रपतिले संसद विघटन गर्न सक्ने कुरा सुझाएका थिए।

संवैधानिक रूपमा राष्ट्रपति आफैले संसद विघटन गर्न नमिल्ने सुझाव संविधानविद्हरुल दिएका थिए। 

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, भदौ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्