Kathmandu Press

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले भने– राष्ट्रपतिबाट संवैधानिक प्रक्रियाबाट निकास दिनपहल

संयुक्त वक्तव्यमा आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैमा अपिल समेत गरिएको छ। सरकार गठनसहितका बिषयमा संविधान वादबाट बाहिर जान नहुने उनीहरूको भनाई छ।
सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले भने– राष्ट्रपतिबाट संवैधानिक प्रक्रियाबाट निकास दिनपहल

काठमाडौं, भदौ २७ : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले संवैधानिक प्रक्रियाबाट निकास दिन पहल गरिरहेको जानकारी गराएका छन्।

संयुक्त वक्तव्यमा आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैमा अपिल समेत गरिएको छ। सरकार गठनसहितका बिषयमा संविधान वादबाट बाहिर जान नहुने उनीहरूको भनाई छ। विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भनाई घिमिरे र दाहालको छ। 

‘यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ,’ संयुक्त वक्तव्यमा उल्लेख छ। 

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, भदौ २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्