अन्तरिम सरकारबारे शितल निवास छलफलको तयारी
विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपालका सेना प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू सहभागि हुने जनाइएको छ ।-1757663531.jpg)
काठमाडौं, भदौं २७ : शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ ।
विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपालका सेना प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू सहभागि हुने जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि देशमा देखिएको राजनीतिक अनिश्चितता र जेनजस् नेतृत्वमा जारी विरोध प्रदर्शनको बीचमा यो भेला हुन लागेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
बैठकको प्रमुख एजेन्डाहरूमा अन्तरिम सरकार गठन र अन्तरिम प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित नियुक्तिको बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।
-1760269022.jpg)











