Kathmandu Press

झुटा समाचारमा विश्वास नगर्नुस् : नेपाली सेना  

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको हो ।
झुटा समाचारमा विश्वास नगर्नुस् : नेपाली सेना  

काठमाडौं, भदौं २७ : नेपाली सेनाले पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भइरहेको बताउँदै गलत, भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नेपाली सेनाले एक सूचना जारी गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयलगायतका स्थानीय स्तरमा पृतना हेडक्वार्टरसँग समन्वय गर्न पनि अनुरोध गरेको हो ।

नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनासम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार बनाउन सम्पूर्णलाई अनुरोध गर्दछौँ।”

साथै, सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने र स्थानीय तहमा तोकिएका पृतना हेडक्वार्टरहरूसँग पनि समन्वय गर्न सकिने जानकारी दिइएको छ ।

May be an image of clarinet and text

प्रकाशित मिति: ०९:३२ बजे, शुक्रबार, भदौ २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्