Kathmandu Press

नागरिक शासन कायम गर्न र संवैधानिक व्यवस्थाबाट विचलित नहुन बारको अपिल 

‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ। यसो नगर्न हार्दिक अनुरोध गर्दछौं,’ बारले अपिलमा भनेको छ।
नागरिक शासन कायम गर्न र संवैधानिक व्यवस्थाबाट विचलित नहुन बारको अपिल 

काठमाडौं, २६ भदौ : नेपाल बार एसोसिएसनले बिहीबार एक अपील जारी गर्दै संवैधानिक सर्वोच्चता बाहिरबाट समाधान नखोज्न भनेको छ। 

बारले नागरिक शासन अविलम्व कायम गर्न, कानुनको शासनलाई सर्वोपरि ठान्न र कानुनी तथा संवैधानिक व्यवस्थाबाट विचलित नहुन पनि सम्बद्ध पक्षलाई अपिलमा सम्झाएको छ।

संवैधानिक सर्वोच्चता बाहिरबाट समाधान खोजिए अस्विकार्य हुने चेतावनी समेत दिएको छ। परिवर्तित सन्दर्भमा बारका पूर्व पदाधिकारी, सल्लाहकार, वर्तमान पदाधिकारी एवम्. संविधानविद्सँग बिहीबार गरिएको भर्चुअल बैठकपछि बार अध्यक्ष वरिष्ठ अधिवक्ता डा.विजयप्रसाद मिश्र महासचिव वष्ठि अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा सार्वजनिक अपिल जारी गरिको हो। 

‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ। यसो नगर्न हार्दिक अनुरोध गर्दछौं,’ बारले अपिलमा भनेको छ।

बारले हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेन–जी लगायत सम्पूर्ण जनसमुदायमा अपिल गरेको छ ।संवैधानिक उपलब्धिहरूको सम्झौता नगर्न पनि सचेत गरिएको छ। बारले राष्ट्रपतिको भूमिका यो बेलामा अहम् हुने बताउँदै सक्रियताको अपेक्षा समेत गरेको छ। 

बारले भनेको छ, ‘देश जोगाऔं, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौं, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔं। कुनै पनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशीता सहितको संघीयता जस्ता स्थापित संवैधानिक उपलब्धिहरूमा सम्झौता नगरौं।’ 

अहिलेका अवस्थामा राष्ट्रपतिको सक्रिय, अनुभूत गर्न सकिने र देखिने सहभागिताको अपेक्षा बारले राखेको छ। बारले नागरिक शासन अविलम्व कायम गर्न, कानुनको शासनलाई सर्वोपरि ठान्न र कानुनी तथा संवैधानिक व्यवस्थाबाट विचलित नहुन अनुरोध समेत गरेको छ।

प्रकाशित मिति: १९:०४ बजे, बिहीबार, भदौ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्