Kathmandu Press

कर्फ्यूबीच तरुण दल र वाईसीएल सडकमा

वाइसीएलको एक समूहले कोटेश्वर–तीनकुने सडक खण्डमा र तरुण दल काठमाडौँको चाबहिलमा सडकमा उत्रेको हो। उनीहरूले अहिले सेनाले सरकार गठनको पहल सुरु गरेको विषयमा विरोध जनाएका छन्। 
कर्फ्यूबीच तरुण दल र वाईसीएल सडकमा

काठमाडौं, भदौ २६: राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संवैधाकि प्रावधान अनुरुप अन्तरिम सरकार गठनको मागसहित कफ्र्युका विच कांग्रेसनिकट तरुण दल र माओवादी केन्द्रनिकट वाईसीएलले सडकमा उत्रेको छ। 

वाइसीएलको एक समूहले कोटेश्वर–तीनकुने सडक खण्डमा र तरुण दल काठमाडौँको चाबहिलमा सडकमा उत्रेको हो। उनीहरूले अहिले सेनाले सरकार गठनको पहल सुरु गरेको विषयमा विरोध जनाएका छन्। 

राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न र संवैधानिक व्यवस्थाअनुसार अन्तरिम सरकार गठनको प्रक्रिया सुरु गर्न नाराबाजी गरिरहेका छन्। 

अन्तरिम सरकार गठनको विषयमा जेनजीका प्रतिनिधिसँग प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न चरणमा छलफल चलाइरहेका छन्। जेनजीविच विवाद हुँदा कुनै पनि नाम दिन भने सकेका छैनन्।  

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, भदौ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्