गाउँपालिका महासंघ र नगरपालिका संघले भने– जनप्रतिनिधिहरूलाई राजीनामा दिन धम्की आयो
सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बर्द्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूमा अग्रह समेत गरिएको छ।
काठमाडौं, २६ भदौ : गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समितिले संयुक्त विज्ञप्ति निकाल्दै जनप्रतिनिधिहरूलाई राजीनामा दिन धम्की आउने घटनाहरू भैरहेको बताएका छन्।
बिहीबार संयुक्त विज्ञप्तिमार्फत यस्तो जानकारी दिएका हुन्। उनीहरुले निर्वाधरूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन राष्ट्रपति र सुरक्षा निकायहरूसमक्ष आग्रह समेत गरेका छन्।
‘स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्मोग व्यवसायमा क्षति पु¥याउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भैरहेका छन्,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ, स्थानीय सरकारका सम्पत्ति तथा दस्तावेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउज्यान, निजी सम्पत्ति तथा उद्मोग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाधरूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सम्माननीय राष्ट्रपतिज्यू र सुरक्षा निकायहरूसमक्ष हार्दिक अनुरोध गर्दछौं।’
सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बर्द्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूमा अग्रह समेत गरिएको छ। विज्ञप्तिमा लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने बताउँदै संविधानसम्मत र विधिप्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन राष्ट्रपतिसँग आग्रह पनि गरिएको छ।
‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नैं भएकोले मुलुकमा उत्पन्न राजनीतिक अन्योलता अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधिप्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
