Kathmandu Press

सर्वोच्च अदालत आइतबारदेखि सञ्चालन गर्ने ‘फूल कोर्ट’को निर्णय 

सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश संलग्न आकस्मिक ‘फूल कोर्ट’ ले आइतबादेखि वन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ कार्य थाल्ने निर्णय गरेको छ। 
सर्वोच्च अदालत आइतबारदेखि सञ्चालन गर्ने ‘फूल कोर्ट’को निर्णय 

काठमाडौं, भदौ  २६: सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश संलग्न आकस्मिक ‘फूल कोर्ट’ ले आइतबादेखि वन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ कार्य थाल्ने निर्णय गरेको छ। 

पूलकोर्ट बैठकपछि विहीबार प्रधानन्यायाधीश प्रकामानसिंह राउतका नामबाट एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिइएको हो। 

Hardik ivf

‘सोही बमोजिम यस अदालतमा मिति २०८२/०५/२९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

सर्वोच्चमा भएको आगजनीका कारण न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिवद्ध रहेको जनाइएको छ। 

‘नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब करिब नष्ट हुन गएका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वहन गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकहरुका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ। 


 

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, भदौ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्