नख्खुबाट फरार रहेका पूर्वराज्यमन्त्री साह काभ्रेबाट पक्राउ
साहलाई कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ। जेनजीको प्रदर्शनको क्रममा टक्ला नख्खु कारागारबाट भागेका थिए।
काठमाडौं, २६ भदौ : नख्खु कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका दोषी सञ्जय साह ‘टक्ला’ पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय काभ्रे, मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो।
साहलाई कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ। जेनजीको प्रदर्शनको क्रममा टक्ला नख्खु कारागारबाट भागेका थिए। उनी सहकारी ठगी अभियोगमा नख्खु कारागारमा रहेका रवि लामिछानेसँगै बाहिरिएका थिए।
१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य योजनाकार रहेको आरोपमा साहले सर्वश्वसहित जन्म कैदको सजाय भुक्तान गरिरहेका थिए। उनी १२ वर्षदेखि जेलमा थिए। साह पूर्वराज्यमन्त्री समेत रहेका थिए।
उनीविरुद्ध जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या प्रकरणमा समेत उनी मुछिएका थिए।
प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
