अहिलेको विषम परिस्थितीमा निकास दिने प्रयासमा छु : राष्ट्रपति पौडेल
लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू प्रयासमा रहेको पनि बताएका छन्।
काठमाडौं, भदौ २६ : राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्थितीमा मुलुकलाई संवैधानिक दायारमा रहेर कसरी निकास दिन सकिन्छ भनेर विचार विर्मश एवम् हर प्रयासमा लागिरहेको बताएका छन्।
विहिबार एक विज्ञप्तीमार्फत राष्ट्रपति पौडेलले आम नागरिकलाई सम्बोधन गरेका हुन्। लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू प्रयासमा रहेको पनि बताएका छन्।
उनले लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर प्रयास भइरहेको समेत बताएका छन्।
साथै, विज्ञप्तीमा आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्ने र छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन पनि राष्ट्रपति पौडेलले आग्रह गरेका छन्।
संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सवैले सहयोगका लागि सबैसंग आग्रह समेत गरिएको छ।
प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












