Kathmandu Press

जेनजीका मागमा सहमति जनाउँदै मुख्य राजनीतिक दलका युवा नेताका तीन निश्कर्ष  

छलफलका आधारमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेनजीका माग सम्बोधन हुनुपर्ने र पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने निश्कर्ष निकालिएको हो। यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत बनेको छ। 
जेनजीका मागमा सहमति जनाउँदै मुख्य राजनीतिक दलका युवा नेताका तीन निश्कर्ष  

काठमाडौं, २६ भदौ : मुख्य चार राजनीतिक दलका युवा नेताहरूले संयुक्त छलफलमार्फत  तीनवटा निश्कर्ष निकालेका छन्।

नेपाली कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा र चन्द्र भण्डारी, नेकपा एमालेबाट योगेश भट्टराई, ठाकुर गैरे र विद्या भट्टराई, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राजन दाहाल र अमनलाल मोदी, रास्वपाको तर्फबाट सोबिता गौतम र शिशिर खनालबीच भएको भर्चुअल संवादका आधारमा निष्कर्ष सार्वजनिक भएको हो। 

छलफलका आधारमा दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, जेनजीका माग सम्बोधन हुनुपर्ने र पश्चगमनमा फर्किन खोजे प्रतिवाद गर्नुपर्ने निश्कर्ष निकालिएको हो। यही सन्देश जनतामा प्रवाह गर्ने गरी राजनीतिक रूपमा गतिविधि अगाडि बढाउने समझदारी समेत बनेको छ। 

यसका साथै जेनजीले सुशासन र भ्रष्टाचार नियन्त्रण चाहेको सन्दर्भमा आवश्यक नीति र निर्णय हुनुपर्नेमा पनि उनीहरू सहमत देखिएक छन्। 

यसैबीच रास्वपा नेतृ सोविता गौतमले सामाजिक सञ्जालमार्फत आफु कुनै दलका नेतासँग संवादमा नभएको बताएकी छन्। 
 
प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, भदौ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्