Kathmandu Press

अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

प्रदर्शनका आयोजकहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको स्पष्ट पारिसकेकाले विध्वंसका घटनामा उनीहरूको संलग्नता नरहेको दाबी गरेका छन्। पार्टीले यसको सत्यतथ्य बाहिर ल्याउन यथार्थ छानबिनको माग गरेको छ।
अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

काठमाडौं, भदौ २६ : मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ। 

पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी वक्तव्यमा हालैका हिंसात्मक घटनाक्रम, जनधनको क्षति र सुरक्षाको कमजोर अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

Hardik ivf

एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भदौ २३ गते जेनजी युवाहरुले युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै गरेको प्रदर्शनप्रति सहानुभूति प्रकट गर्दै उक्त दिन भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको उल्लेख छ। 

प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीले घटनाको निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाहीको माग गरेको छ।

भोलिपल्ट, भदौ २४ गते, देशभर फैलिएको हिंसा, आगजनी, तोडफोड र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै पार्टीले संविधानिक निकाय, संसद, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल लगायतका संरचनामा भएको क्षतिलाई राष्ट्रका लागि गम्भीर धक्का भनेको छ। 

१३ हजारभन्दा बढी कैदी जेलबाट भाग्नुले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गरेको बताइएको छ। 

राज्य संयन्त्रको कमजोरीप्रति पनि प्रश्न उठाउँदै, पार्टीले यति ठूलो विनाशको सामना गर्न सुरक्षाका निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्दै प्रश्न गरेको छ। साथै, प्रदर्शनका आयोजकहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको स्पष्ट पारिसकेकाले विध्वंसका घटनामा उनीहरूको संलग्नता नरहेको दाबी गरेका छन्। पार्टीले यसको सत्यतथ्य बाहिर ल्याउन यथार्थ छानबिनको माग गरेको छ।

प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न सत्ता रिक्तताबारे नेकपा (एमाले)ले संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्ने स्पष्ट पारेको छ । साथै, सुशासन, नातावाद अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनासहित युवापुस्ताको आवाज सम्बोधन गर्न राष्ट्रपतिलाई पहलकदमी लिन आग्रह गरिएको छ।

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, भदौ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्