Kathmandu Press

जेन जीको नाममा अर्को विज्ञप्ति– सुशीला कार्की होइन, कुलमानलाई पठाउने

‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिश, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। 
जेन जीको नाममा अर्को विज्ञप्ति– सुशीला कार्की होइन, कुलमानलाई पठाउने

काठमाडौं, भदौ २४ : जेनजी नेपालले विज्ञप्ति निकालेर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वका लागि पठाउने बताएको छ। 

बिहीबार एक विज्ञप्ति निकाल्दै जेनजी नेपालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नभएर उज्यालो नेपाल अभियान चलाइरहेका कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ। 

जेनजीका नाममा फरक फरक समूहले फरक फरक नाम दिइरहँदा देश लामो समयदेखि सरकार बिहीनताको अवस्थामा पुगेको छ।

Hardik ivf

‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिश, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। 

बुधबार भएको जेनजीहरुको भर्चुल बैठकमा धेरैले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउनुपर्ने बताएका थिए। त्यसपछि जेनजीले सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन नेपाल आर्मीलाई प्रस्ताव गरेको समाचारहरु सार्वजनि भएको थिए।

लगत्तै राति नै जेनजी युवाहरुले आर्मी हेडक्वार्टर पुगेर नाराबाजी गरेका थिए। उनीहरू सुशीला कार्कीको नाममा असहमति जनाएका थिए। उनीहरुले बालेन साह अन्तिम सरकारको नेतृत्व दिनुपर्ने नभएर हर्क साम्पाङलाई बनाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए। तर, बालेनले  अन्तिम सरकारको नेतृत्व लिन चासो देखाएका छैनन्।

बालेन्द्र शाहले रुची नदेखाएको र हर्क साम्पाङले सबैको नेतृत्व गर्न नसक्ने भएकाले आफूहरुले कुलमान घिसिङलाई अघि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

बालेन्द्र साहले रुची नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्ति व्यक्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यता, एक समूहले अन्तिम सरकारको नेतृत्वका लागि सिफारिस गरेका सुशीला कार्की, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानसेनापति र राष्ट्रपतिसँग अहिले सैनिक मुख्यालयमा छलफल गरिरहेको समाचारहरु आइरहेका छन्। यसले अन्तिम सरकारको नेतृत्व कसले गर्ने भन्ने अन्योलता थप बढेको छ।

547073506_1193726592788936_5409905682583566787_n-1757578161.jpg
 

प्रकाशित मिति: १३:५३ बजे, बिहीबार, भदौ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्