Kathmandu Press

चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब

‘अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब

काठमाडौं, भदौ २६ : मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ।

विहीबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुनसक्ने चेतावनी समेत दिएको छ। 

‘अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

संविधान संसोधनको बहसलाई सार्थक रुपमा अघि बढाउने गहन दायित्व पनि अब जेन जी पुस्तामा आएको तर संविधान संसोधनको दायित्व अन्तरिम सरकारले गराउने निर्वााचन पश्चात गठन हुने नयाँ संसदको भएको पनि अध्यक्ष रेनुका पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। 
 
प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, भदौ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्