Kathmandu Press

त्रिविका क्याम्पसहरू छठपछि मात्रै खुल्ने

त्रिवि रजिष्ट्रारको कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने जनाएको हो ।
त्रिविका क्याम्पसहरू छठपछि मात्रै खुल्ने

काठमाडौं, भदौ २६ : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ।

त्रिवि रजिष्ट्रारको कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। 

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, भदौ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्