त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै हुने
त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
काठमाडौँ, भदौं २६ : त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै सुरु हुने भएको छ । असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै भनेको छ–मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।
जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।
प्रकाशित मिति: ०९:१० बजे, बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
