Kathmandu Press

जनताको सर्वोच्चता कायम राख्ने संसद्ले हो, विघटन गर्न पाइँदैन : सोबिता गौतम

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । उनले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने बताइन्। उनले भनिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो।’ 
जनताको सर्वोच्चता कायम राख्ने संसद्ले हो, विघटन गर्न पाइँदैन : सोबिता गौतम

काठमाडौँ, भदौं २६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद सोबिता गौतमले नेपाली जनताको सर्वोच्चता कायम राख्ने संसद् भएको भन्दै संसद् विघटन गर्न नपाइने बताएकी छिन् । 

बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले संसद् विघटनको काम सह्यै नहुने बताएकी हुन् । उनले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने बताइन्। उनले भनिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता सङ्कटमा पर्नु हो।’ 

Hardik ivf

जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थ प्रेरित निर्णय गर्न नपाइने धारणा राखिन्। उनले भनिन्, ‘कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ, गौतमले भनिन् ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनुभएको छ, चुनावबाट तपाईँहरूले चाहेको मान्छे ल्याउन सकिन्छ ।कुनै पनि स्वार्थ प्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसद्लाई कायम चाहिँ राख्नुपर्छ।’ 

उनले अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने जेनजीहरूले चाहेको मान्छे ल्याउन सकिने बताइन्।

प्रकाशित मिति: ०८:१८ बजे, बिहीबार, भदौ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्