Kathmandu Press

सरकार गठनबारे जेनजी प्रतिनिधिले गरेको सुशीला कार्कीको प्रस्ताव 

प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको स्रोतले जनाएको छ। कार्कीको बिषयमा अर्को समूहसँग पनि छलफल चलिरहेको छ। 
सरकार गठनबारे जेनजी प्रतिनिधिले गरेको सुशीला कार्कीको प्रस्ताव 

काठमाडौं, भदौ २५ : जंगीअड्डामा बुधबार भएको छलफलमा जेनजी प्रतिनिधिले शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेका छन्। 

प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको स्रोतले जनाएको छ। कार्कीको बिषयमा अर्को समूहसँग पनि छलफल चलिरहेको छ। 

कार्कीको नाम प्रश्ताव गरिएपछि सेनाले पूर्वप्रधानन्यायाधीश संवाद गर्ने भएको छ। जेनजी युवाविच भएको छलफलपछि कार्कीको नाम प्रश्ताव गरिएको हो। छलफलमा काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि विकल्पमा आएको थियो। 

छलफलबाट कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने सहमति जुटेको बताइएको छ। प्रधानसेनापति सिग्देलले कार्कीसँग छलफल गरेपछि मात्र टुंगो लाग्ने छ। 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्