Kathmandu Press

जेनजी आन्दोलनमा घाइते भएका थप २ जनाको बयोधा अस्पतालमा मृत्यु

बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको हो। मृतकमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको अस्पतालले जनाएको छ। 
जेनजी आन्दोलनमा घाइते भएका थप २ जनाको बयोधा अस्पतालमा मृत्यु

काठमाडौं, भदौ २५ : जेनजीको मंगलबार भएको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु भएको छ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचारमा आएका २ जना घाइतेको मृत्यु भएको हो। मृतकमा २८ वर्षीय अर्जुन भट्ट र २३ वर्षीय देव कुमार सुवेदीको मृत्यु भएको अस्पतालले जनाएको छ। 

Hardik ivf

उनीहरुलाई मंगलबार कालिमाटीमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएपछि अस्पताल लगिएको थियो । दुवै जनालाई पेटमा गोली लागेको जनाइएको छ। 

अहिले पनि बयोधा अस्पतालमा नौजना घाइते आन्दोलनकारीको उपचार भइरहेको छ।
 
प्रकाशित मिति: १८:५५ बजे, बुधबार, भदौ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्