Kathmandu Press

सेन्ट्रल जेलबाट पूर्वमन्त्री रायमाझी, पूर्व सचिव पाण्डेसहित ३ हजार बढी कैदी भागे 

भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझी र पाण्डेसहित विभिन्न फौजदारी अभियोगमा थुनामा रहेका कैदी समेत छन्। 
सेन्ट्रल जेलबाट पूर्वमन्त्री रायमाझी, पूर्व सचिव पाण्डेसहित ३ हजार बढी कैदी भागे 

काठमाडौं, भदौ २६ : सुन्धारा कारागारबाट बुधबार राती पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्व सचिव टेकनारायण पाण्डेसहित ३ हजार बढी कैदी भागेका छन्। 

भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझी र पाण्डेसहित विभिन्न फौजदारी अभियोगमा थुनामा रहेका कैदी समेत छन्। 

सुन्धारास्थित केन्द्रीय कारागारमा करिव चार हजारको संख्यामा कैदी र अभयुक्त थिए। अहिले ५ सय हाराहारी कैदीमात्रै थुनामा छन्। 

पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नक्खु कारागारबाट बाहिर निस्किएको थाहा पाएपछि सुन्धारा कारागारमा पनि कैदीले प्रदर्शन गरेको बताइएको छ। 

प्रदर्शनकाक्रममा मध्यरातमा कारागारको गेट फोडेर कैदीहरु भागेका हुन् । सेण्ट्रल जेलको भद्र बन्दीगृह, बन्दीगृह र महिला बन्दीगृहमा रहेका कैदीबन्दी भागेका हुन्। 

प्रकाशित मिति: १८:०५ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्