Kathmandu Press

बोटबाटै बिक्यो ५० क्विन्टल मेवा

झापा, जेठ १ : मेचीनगर नगरपालिका १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीड लाग्ने गरेको छ। 

एफेक्स बागवानी तथा बीउब....

बोटबाटै बिक्यो ५० क्विन्टल मेवा

झापा, जेठ १ : मेचीनगर नगरपालिका १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीड लाग्ने गरेको छ। 

एफेक्स बागवानी तथा बीउबिजन उद्योगका सञ्चालक शेखर गुरागाईंले बन्दाबन्दीको अवस्थामा ५० क्विन्टल मेवा बोटबाटै बिक्री गरिसकेका छन्।

उनका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन्। 'मागअनुसार दिन सकेका छैनौँ,' उनले भने, 'खाँदा रसिलो र मीठो छ। सायद सबै बजार ठप्प हुँदा मान्छेहरु फलफूल खोज्दै यही आइपुग्छन्।'

गतवर्ष नन्दा खोलाको बगरमा रहेको १८ बिघा जमिन खरिद गरी मेवा, कागती, खरबुजालगायत अग्र्यानिक खेती लगाएको छ। जहाँ झण्डै पाँच बिघा जमिनमा मेवाखेती छ। बोटमै मेवा प्रतिकेजी ५० रुपैयाँले बिक्री भइरहेको उनले जानकारी दिए।

धुलाबारी मोडबाट करिब एक किलोमिटर उत्तरको नन्दा खोलाको बगरमा कागती, मेवा, खरबुजालगायत खेती गरिएको छ। एक करोड रुपैयाँको लगानीमा पाँचजना युवा मिलेर सञ्चालन गरेको फार्ममा माछासमेत पालिएको छ। 

स्थानीय किसान डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा, कागतीको बिरुवा र मोरङको उर्लाबारीको फार्मदेखि विभिन्न प्रजातिका माछाका भुरा केन्द्रमा ल्याएर उत्पादन गरिरहेको उनको भनाई छ।

केन्द्रमा सात हजार मेवा, तीन हजार कागती, तीनवटा ठूला पोखरीमा विभिन्न जातका चार लाख माछाका भुरा पालिएको उद्योगका अध्यक्ष मोहनचन्द्र भट्टले जानकारी दिए। दुईवटा पोखरी २/२ कठ्ठाको र एउटा पोखरी ढेड विगाह क्षेत्रफलमा लगाइएको छ। पोखरीमा ग्रासकार, कमनकार, सिबलकार, रौँउ, कत्ला, मागुर, नैनी, लगायत जातका माछा रहेका छन्। 

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, जेठ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्