Kathmandu Press

गंगा दाहालको जलाइएको घरमा पनि एक व्यक्ति मृत भेटिए 

जेनजी आन्दोलनकाक्रममा प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरिदिएका थिए। 
गंगा दाहालको जलाइएको घरमा पनि एक व्यक्ति मृत भेटिए 
Hardik ivf

काठमाडौं, भदौ २५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

जेनजी आन्दोलनकाक्रममा प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरिदिएका थिए। 

जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। ति व्यक्तिको पहिचान हुन बाँकी रहेको छ।
 
प्रकाशित मिति: १५:५७ बजे, बुधबार, भदौ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्