Kathmandu Press

गण्डकीका मन्त्री थापाको अंशुभरा ग्रुप भवनमा एक महिला जलेको अवस्थामा मृत फेला

न्दोलनकारीले भवन जलाउँदा आगजनीमा परी मृत्यु भएको हुनसक्ने अनुमान गरिएके छ। ति महिलाको पहिचान अझै खलेको छैन। 
गण्डकीका मन्त्री थापाको अंशुभरा ग्रुप भवनमा एक महिला जलेको अवस्थामा मृत फेला

कास्की, भदौ २५ : जेनजी आन्दोलनकारीले जलाएको लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। 

अंशुभरा ग्रुपको उक्त भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको हो। आन्दोलनकारीले भवन जलाउँदा आगजनीमा परी मृत्यु भएको हुनसक्ने अनुमान गरिएके छ। ति महिलाको पहिचान अझै खलेको छैन। 

यसअघि विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको गाडीको शोरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो। 

जेनजी आन्दोलनकारीले मन्त्री थापाको घरसहित व्यावसायिक प्रतिष्ठान अंशुभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए। 

यस्तै थापाका भाइ ध्रुवको घर र गाडीको शोरूममा पनि आगो लगाइदिएका थिए। जेनजी आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका थिए। 

आन्दोलनकाक्रममा मन्त्री थापासँगै, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर, भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्टलगायत तोडफोड र आगजनीमा परेका छन्। 

प्रकाशित मिति: १५:५१ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्