Kathmandu Press

यतिबेला सारा नेपालीको मन रोएको छ : हरिवंश आचार्य

बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन्।
यतिबेला सारा नेपालीको मन रोएको छ : हरिवंश आचार्य

काठमाडौं, भदौ २५ : वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनमा भएको सम्पदा र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार सामाजिक सन्जाल फेसबुकमा लेख्दै देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको बताएका छन्।

संक्रमणकालीन अवस्थालाई बुदद्धिमानी, धैर्यता र सयंमित भएर अघि बढेर भोलिको उज्वल भबिष्य बनाउन सबै जुट्नु आवश्यक रहेको उनको भनाइ छ। 

‘नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखेल्नु हो। जेनजी आन्दोलनले अब भविष्यमा पनि कसैले पनि त्यो दुस्प्रयास नगर्नेगरि उखेल्दिएको छ,’ उनले भने, ‘तर, देशको अमूल्य सम्पदा र सम्पतिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ। त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन । सारा नेपाली जनाताको सम्पत्ति हो।’  

प्रकाशित मिति: १५:२९ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्