Kathmandu Press

वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा 

कैदीहरूले कारागारभित्र रहेका विभिन्न जिन्सी सामान जलाउँदै दक्षिण भागको पर्खालमा प्वाल पारेर भाग्ने प्रयत्न गरेका थिए।
वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा 

पर्सा, भदौ २५ : पर्साको वीरगन्ज कारागारमा मंगलबार रातिदेखि कैदीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

कैदीहरूले कारागारभित्र रहेका विभिन्न जिन्सी सामान जलाउँदै दक्षिण भागको पर्खालमा प्वाल पारेर भाग्ने प्रयत्न गरेका थिए।

सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रण लिन सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीले जनाएको छ।

अवस्था तनावग्रस्त भएपछि नेपाली सेनासहित तीनै तहका सुरक्षा निकाय परिचालन गरिएको थियो।

झडपका क्रममा चारजना कैदी गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ तर उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।
 
हाल वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
 
प्रकाशित मिति: १२:३२ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्