Kathmandu Press

डिल्लीबजार कारागारमा कैदीहरुले नै गरे आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै नाराबाजी गर्दै आगजनी गरेका हुन्।
डिल्लीबजार कारागारमा कैदीहरुले नै गरे आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

काठमाडौं, भदौ २५ : डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन्।

कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै नाराबाजी गर्दै आगजनी गरेका हुन्।

कारागारमा आगजनी भएपछि त्यहाँका कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भइरहेको छ। 

कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ।

प्रकाशित मिति: १०:४५ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्